स्याङ्जाको भीरकोट नगरपालिका ४, ज्यामिरेमा पहिरोले पुरिएर एक वृद्धाको निधन भएको छ।
मृत्यु हुनेमा ७३ वर्षीया खेमकुमारी मल्ल रहेकी प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।
शनिबार साँझ साढे ६ बजेतिर घरमाथिबाट आएको पहिरोले ढुंगा र माटोले बनेको घर पुर्दा उनी बेपत्ता भएकी थिइन्।
उद्दारको क्रममा आइतबार करिब १ बजेतिर उनको शव प्राप्त भएको हो।
यो घटनासँगै स्याङ्जामा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ४ पुगेको छ।
63
Shares
प्रतिक्रिया