गुरुङहरुको महान पर्व/नयाँ वर्ष मुप्री ल्हो–तमु ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना गरेका तीनदिने कार्यक्रम विविध कार्यक्रम गरी भव्यताको साथ सम्पन्न भएको छ।
हि ल्होको बिदाई र मुप्री अर्थात गिद्ध वर्गको स्वागतमा आयोजित विविध कार्यक्रमअन्तर्गत सोमबार परम्परागत छेलो खेल सम्पन्न भएको छ।
सो प्रतियोगितामा पैयुखोला तमु समाजका युवराज गुरुङ विजेता र गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका राजेश गुरुङ उपविजेता हुँदै क्रमशः २५ हजार र १० हजार नगदसहित पुरस्कृत भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री, गण्डकी प्रदेससभा सदस्य वेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको मौलिक सँस्कृति एवम पहिचान बोको छेलो खेल संरक्षणका लागि राज्य, तमु समुदाय र छेलो खेलाडीहरुको भूमिका आवाश्यक रहेको बताए।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षता, कोषाध्यक्ष गमबहादुर गुृरुङ, सदस्य सुरेन्द्र गुरुङको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।
Shares
प्रतिक्रिया