ग्रिकको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुंगा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ।
उद्धारकर्मीले ती शव निकालेको अधिकारीहरूले जानकारी दिएका छन्। उद्धारकर्मीहरूका अनुसार सो क्षेत्रमा मङ्गलबार डुंगा डुब्दा ती यात्रु हराएका थिए।
मङ्गलबारदेखि उद्धारकर्मीहरूले खोजी जारी राखेका र बुधबार उनीहरूको शव भेटिएको बताएका छन्।
ग्रिकको राष्ट्रिय समाचार समितिले डुंगा डुबेपछि मंगलबार नै उद्धारकर्मीहरू त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ। सोही दिन १२ जनालाई जिवीतै उद्धार गरिएको पनि सो समाचार समितिले जनाएको छ।
त्यसमा परेका अरु २० जनाको शव बुधबार निकालिएको पनि सो समाचार उद्धारकर्मीलाई उद्धृत गर्दै सो समाचार समितिले जनाएको छ।
जिवितै उद्धार गरिएकाहरूले सो डुंगामा ६८ जना यात्रु रहेको जनाएका छन्। त्यस डुंगामा इजिप्ट, अफगानिस्तान र इरानका आप्रवासीहरू रहेको बताइएको छ। रासस/सिन्ह्वा
Shares
प्रतिक्रिया