ad ad

ग्लोबल


चीनमा ताइवानको एकीकरण विदेशी हस्तक्षेप रोक्ने एकमात्र विकल्प हो : कम्युनिष्ट पार्टी

चीनमा ताइवानको एकीकरण विदेशी हस्तक्षेप रोक्ने एकमात्र विकल्प हो : कम्युनिष्ट पार्टी

नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १०:५३, काठमाडौँ

ताइवानलाई चीनमा एकीकरण गर्नु उक्त टापुमा विदेशी हस्तक्षेप रोक्ने एक मात्र उपाय रहेको चिनियाँ कम्युनिष्ट पार्टीले निष्कर्ष निकालेको छ।

पार्टीका शीर्ष नेताले लेखेको नयाँ पुस्तकमा उक्त कुरा उल्लेख गरिएको हो। उक्त पुस्तकमा उल्लेख गरिएअनुसार पूर्णरुपमा ताइवनलाई मातृभूमि मेनल्याण्ड चीनसँग एकीकरण गरेपछि दुवैतर्फ शान्ति स्थापना हुने उल्लेख छ।

यो प्रकाशन गत महिना भएको संवैधानिक संशोधनको आधिकारिक व्याख्या हो। उक्त पुस्तकमा भविष्यमा कुनै पनि शक्ति राष्ट्रले ताइवानलाई आफ्नो कब्जामा राख्ने प्रयास गर्ने र चीन आफ्नो राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासका मुद्दामा बाह्य हस्तक्षेप रोक्न प्रतिबद्ध रहेको उल्लेख छ। 

ताइवानको स्वतन्त्र बलले चीनबाट ताइवानलाई अलग गराउन सक्ने भन्दै उक्त गुप्त जोखिम हटाउन एकीकरण एक मात्र भएको उक्त पुस्तकमा उल्लेख छ।

पछिल्लो समय बेइजिङ र ताइवानबीचको तनाव बढिरहेको अवस्थामा आधिकारिकरुपमा कम्युनिष्ट पार्टीले ताइवान एकीकरणमा जोड दिएको पुस्तक सार्वजनिक गरेको हो। 

पार्टीको २० औं संविधान संशोधनबारेको प्रश्नोत्तर रहेको उक्त पुस्तक कम्युनिष्ट पार्टीका शीर्ष दुई दर्जनभन्दा धेरै नेताहरुले लेखेका थिए। यो पुस्तक गत अक्टोबर २८ मा प्रकाशन गरिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .