ad ad

ग्लोबल


वासिङ्टनमा विमान दुर्घटना, ४ जनाको मृत्यु

वासिङ्टनमा विमान दुर्घटना, ४ जनाको मृत्यु

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १८:३६, सान फ्रान्सिस्को

अमेरिकी राज्य वासिङ्टनको स्नोहोमिश काउन्टीस्थित हार्भे फिल्ड एयरपोर्टको  नजिक  दुर्घटना हुँदा शुक्रबार चार जनाको मृत्यु भएको छ। 

सेस्ना २०८ बी विमान रेन्टनबाट उडेको करिब एक घण्टापछि दुर्घटना भएको हो। 

शनिबार बिहान स्नोहोमिश काउन्टी शेरिफको कार्यालयले विमानमा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरेको छ। 

स्नोहोमिश काउन्टी मेडिकल परीक्षकले पीडितहरूको पहिचान गरिरहेको छ । साथै   यस दुर्घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासन द्वारा अनुसन्धान जारी छ। 

फेडरल एभिएसन एडमिनिस्ट्रेशन वेबसाइटका अनुसार आइडेन्टिफायर टेल नम्बर एन २०६९ बी भएको दुर्घटनाग्रस्त विमान अलास्काको कपर माउन्टेन एभिएसनको स्वामित्वमा  रहेको बताइएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .