ad ad

ग्लोबल


टाइम म्यागेजिनद्वारा युक्रेनी राष्ट्रपति जेलेन्स्की वर्ष व्यक्ति घोषित

टाइम म्यागेजिनद्वारा युक्रेनी राष्ट्रपति जेलेन्स्की वर्ष व्यक्ति घोषित

नेपालखबर
मंसिर २१, २०७९ बुधबार १८:३५, काठमाडौँ

टाइम म्यागेजिनले २०२२ को वर्ष व्यक्तिका रुपमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र ‘युक्रेनको साहस’लाई छनोट गरेको छ।  १२ महिनामा विश्वलाई सबैभन्दा बढी प्रभावित पार्ने व्यक्तिलाई सो म्यागेजिनले वर्ष व्यक्ति छान्ने गर्छ।

रुसी आक्रमणको बहादुरीपूर्वक सामना गरिरहेका जेलेन्स्की यसपटक म्यागेजिनको रोजाइमा परेका हुन्। 

यस वर्षको दाबेदारहरुमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी नेतृ लिज चेनी, अर्बपति दाता म्याकिन्जी स्कट, आदि थिए।

गत वर्ष इलोन मस्कलाई यो उपाधि दिइएको थियो।

म्यागेजिनले अभिनेत्री मिसेल योहलाई आइकन अफ दि इयर घोषित गरेको छ। 

टाइम म्यागेजिनले वर्ष व्यक्ति घोषणा गर्ने चलन १९२७ मा सुरु गरेको हो। त्यो वर्ष अमेरिकी पाइलट चार्ल्स लिन्डवर्गले एक्लै न्युयोर्कदेखि पेरिससम्मको उडान भरेपछि उनलाई सो उपाधि दिइएको थियो।

म्यागेजिनले एडोल्फ हिटलरलाई समेत वर्षव्यक्ति घोषणा गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .