ad ad

ग्लोबल


भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली पठाएका छौँ : टर्कीका राष्ट्रपति

भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली पठाएका छौँ : टर्कीका राष्ट्रपति

नेपालखबर
माघ २३, २०७९ सोमबार १०:५३, काठमाडौँ

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पमा परेका नागरिकलाई सुरक्षित रहन कामना गरेका छन्।

राष्ट्रपति एर्दोगानले ट्विट गर्दै भने, ‘हामी आशा गर्छौ कि हामी यो प्रकोपलाई सकेसम्म चाँडो र कम क्षतिको साथमा पार गर्नेछौँ। भूकम्प प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार टोली पठाइएकाले अन्य निकायलाई पनि सतर्क रहन आग्रह गरेका छन्। 

टर्की भूकम्पमा परी अहिलेसम्म कम्तीमा ९० जनाको मृत्यु भएको छ। सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तीशाली भूकम्प गएको हो।

टर्की र सिरियामा अहिलेसम्म ९० जनाको मृत्यु भएको पुष्टि भएको छ।  टर्कीमा गएको भूकम्पका कारण सिरियामा मात्र ४२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .