अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज साँझ स्वदेश फर्किंदै छिन्।
दुई दिने नेपाल भ्रमणमा रहेकी उी आज उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लागेकी हुन्।
फर्किनुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम छ।
यसअघि उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा. विमला राई पौडेलसँग भेटवार्ता गरिन्। भेटमा अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिइएको छ।
अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले पाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी थिइन्।
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारीसमेत हुन्।
प्रतिक्रिया