ad ad

ग्लोबल


चिनियाँ राष्ट्रपतिद्वारा १० नयाँ राजदूत नियुक्त

चिनियाँ राष्ट्रपतिद्वारा १० नयाँ राजदूत नियुक्त

चिनियाँ राष्ट्रपति सी चिन फिङ


नेपालखबर
फागुन २, २०७९ मंगलबार ५:५२, बेइजिङ

चिनियाँ राष्ट्रपति सी चिन फिङले राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको निर्णयअनुसार विभिन्न १० देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन्। 

नवनियुक्त राजदूतहरूमा नेपालका लागि चेन सोङ नियुक्त भएका छन्। 

त्यसैगरी सिरियाका लागि शि होङवेई, ट्युनिसियाका लागि वान ली, मध्य अफ्रिकी गणतन्त्रका लागि ली छिन्फेङ, सियरा लियोनका लागि वाङ छिङलाई राजदूत नियुक्त गरिएको छ।  त्यसैगरी नामिबियाका लागि झाओ वेपिङ, नर्वेका लागि होउ युलाई नयाँ राजदूत नियुक्त गरिएको छ। 

यसैगरी इटाली र सान मारिनोका लागि जिया गाइडलाई, फिजीका लागि झोउ जियान र एल साल्भाडोरका झाङ यानहुईलाई राजदूत नियुक्त गरिएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .