ad ad

ग्लोबल


बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगे भारतीय प्रधानमन्त्री मोदी

बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगे भारतीय प्रधानमन्त्री मोदी

नेपालखबर
असार ७, २०८० बिहिबार ८:०, काठमाडौँ

४ दिने राजकीय भ्रमणका क्रममा अमेरिकामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगेका छन्।

भारतीय विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति बाइडेन, प्रथम महिला जिल बाइडेन र परिवारसँग भेटघाटका लागि ह्वाइट हाउस पुगेको जनाएको छ। 

आज मोदी र अमेरिकी राष्ट्रपति जोए बाइडेनबीच भेट भई द्विपक्षीय वार्ता कार्यक्रम तय भएको छ। 

वार्तामा शिखर सम्मेलनको मुख्य उद्देश्य रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा भविष्यका लागि स्पष्ट रोडम्याप तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। रक्षासँग सम्बन्धित हतियारमा साझेदारी गर्ने र अमेरिकी कम्पनीका अत्याधुनिक रक्षा प्रविधि भारतलाई हस्तान्तरण गर्ने एजेण्डा राखिएको छ।

आजै राष्ट्रपति बाइडेन र उनकी पत्नी जिलले मोदीका लागि रात्रिभोजको आयोजना गर्नेछन्। अमेरिकी राजनीति र अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू पनि रात्रिभोजमा सहभागी हुने बताइएको छ।

मोदी मंगलबार अमेरिका पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .