ad ad

ग्लोबल


बंगलादेशको ढाकामा यातायातका लागि खुल्यो चीनले निर्माण गरेको एक्सप्रेसवे

बंगलादेशको ढाकामा यातायातका लागि खुल्यो चीनले निर्माण गरेको एक्सप्रेसवे

नेपालखबर
भदौ १९, २०८० मंगलबार १३:२१, काठमाडौँ

बंगलादेशको ढाकामा चीन सरकारद्वारा निर्माण भएको एलिभेटेड एक्सप्रेसवे आइतबारबाट यातायातका लागि खुल्ला गरिएको छ।

यो देशको प्रमुख पूर्वाधार परियोजनामध्ये एक हो। १९.७३ किलोमिटर लामो द्रुतमार्ग दुई चिनियाँ कम्पनी र एक थाई कम्पनीको संयुक्त लगानीमा निर्माण गरिएको हो। 

यो बंगलादेशको प्रमुख विमानस्थल हजरत शाहजलाल अन्तर्राष्ट्रिय एयरपोर्टबाट ढाकाको केन्द्रिय कमलापुर स्टेशनसम्म चल्छ। 

उद्घाटन समारोहमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले एक्सप्रेसवे बंगलादेशको शहरी यातायात र मानिसका लागि नयाँ कोशेढुंगा भएको बताइन्। यातायात सञ्चालन भएसँगै यसले बंगलादेशको ट्राफिक जामलाई धेरै कम गर्ने उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .