ad ad

ग्लोबल


पुटिन र सी जी-२० सम्मेलनमा नआउने भएपछि के भन्यो भारतले?

पुटिन र सी जी-२० सम्मेलनमा नआउने भएपछि के भन्यो भारतले?

सी चिनफिङ र भ्लादिमिर पुटिन


नेपालखबर
भदौ २०, २०८० बुधबार १२:१६, काठमाडौँ

भारतमा यसै साता हुन लागेको जी-२० देशहरुको शिखर सम्मेलनमा रूस र चीनका राष्ट्रपति नआउने कुरालाई लिएर विश्वव्यापी चर्चा भइरहेको छ।

यसलाई लिएर भारतीय विदेशमन्त्री एस जयशंकरले पनि आफ्नो स्पष्टीकरण दिएका छन्। 

विदेश मन्त्री जयशंकरले भारतीय समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा केही देशका राष्ट्रपति र प्रधानमन्त्री नआउँदैमा जी-२० को हैसियतमाथि प्रश्न नउठ्ने बताएका छन्। 

‘मलाई लाग्छ यसअघि भएका जी-२० सम्मेलनका अलग-अलग कार्यक्रममा केही राष्ट्रपति या प्रधानमन्त्री पहिले पनि नआएका हुन्। उनीहरु कुनै कारणवश आउन सकेका थिएनन्। तर ती देशका प्रतिनिधि बैठकमा आफ्नो पक्ष राख्न आएकै हुन्छन्। मलाई लाग्छ सबै देशहरु बैठकमा धेरै गम्भीरतापूर्वक सहभागी हुन्छन्।’

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्दै यस पटकको जी-२० मा सहभागी हुन नसक्ने बताइसकेका छन्। 

रूसका विदेश मन्त्री सर्गेई लाभरोफ भारतमा हुने जी-२० बैठकमा सहभागी हुने भएका छन्। 

उता अर्को शक्ति राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ पनि उक्त सम्मेलनमा नआउने भएका छन्। 

राष्ट्रपति शी चिनफिङको स्थानमा प्रधानमन्त्री ली चियाङ्ग भारतमा हुने जी-२० शिखर सम्मेलन आउने भएका छन्।

दुई शक्ति राष्ट्रका शीर्ष नेता यो सम्मेलनमा सहभागी नहुँदा भारतलाई पनि धक्का लागेको आँकलन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .