इजरायली सेनाले लेबनानबाट इजरायलको हवाई क्षेत्रमा शंकास्पद घुसपैठको सूचना प्राप्त भएको बताएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उत्तरी इजरायलका धेरै क्षेत्रमा मानिसलाई सचेत गराइएको छ। अलर्ट जारी गरिएको छ।
इजरायली प्रसारकलाई उद्धृत गर्दै रोयटर्सले उत्तरी इजरायलमा एउटा क्षेप्यास्त्र खसेको जनाएको छ।
यस क्षेत्रका सबै मानिसहरूलाई आश्रयस्थलमा जान र अर्को आदेश नभएसम्म त्यहाँबाट ननिस्कन भनिएको छ।
गत शनिबार प्यालेस्टाइनी लडाकु समूहले आक्रमण गरेपछि इजरायल यतिबेला हिंसाग्रस्त छ।
युद्धमा दुवै तर्फका गरी सयौँ जनाको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
147
Shares
प्रतिक्रिया