गाजा क्षेत्रमा शासन गर्ने इजरायल र हमासबीच पछिल्लो समय ७ अक्टोबरमा युद्ध सुरु भयो।
दुवै पक्षले आक्रमणलाई तीव्रता दिए। युद्धका क्रममा इजरायलले हवाई आक्रमणका साथै गाजामा पानी, बिजुली, इन्धन र अन्य आपूर्ति बन्द गरिदिएको गाजावासीको गुनासो छ।
युद्ध सुरु भएदेखि स्थानीयवासीले बिजुलीको अभाव बेहोर्नुपरेको गाजापट्टीका बासिन्दा ओसामा अली अबो हेजेमा बताउँछन्।
पिउने पानी लगायत खानेकुराको अभाव हुँदै गएको ओसामाको भनाइ छ । तीन किलो पिठो पाउन ६ देखि आठ घण्टासम्म कुर्नुपरेको उनी बताउँछन्।
त्यस्तै अर्का स्थानीय बासिन्दा गमाल हुेसन अब्देल अल फटायरले युद्धका कारण विस्थापित हुनेको संख्या धेरै ठूलो रहेको बताए। विस्थापित हुनेमा आफ्नो परिवार र आफन्तबाट मात्रै तीन सय पाँच जना रहेको उनी बताउँछन्। घाइतेहरूका लागि पानी समेत नपाएको गमालको गुनासो छ।
Shares
प्रतिक्रिया