ad ad

ग्लोबल


इजरायल-हमास युद्धयता पहिलोपटक खोलियो रफाह नाका, इजिप्टबाट गाजा प्रवेश गरे ट्रकहरू

इजरायल-हमास युद्धयता पहिलोपटक खोलियो रफाह नाका, इजिप्टबाट गाजा प्रवेश गरे ट्रकहरू

नेपालखबर
कात्तिक ४, २०८० शनिबार १४:५०, काठमाडौँ

१५ दिनदेखि जारी इजरायल–हमास युद्धयता इजिप्ट र गाजाबीचको रफाह सीमानाका पहिलोपटक खुलेको छ। यससँगै प्यालेस्टेनीहरूलाई अत्यावश्यक वस्तु पुर्‍याउने प्रक्रिया पनि सुरु भएको छ।

टाइम्स अफ इजरायलका अनुसार रफाह सीमा पार गरेपछि ३ हजार टन सामानसहित करिब २०० ट्रक गाजा सीमामा प्रवेश गरेका छन्। यस अवधिमा विदेशी नागरिकहरूले गाजा छाडेर इजिप्ट जाने अपेक्षा गरिएको छ।

यसैबीच इजरायलले इजिप्ट, जोर्डन र मोरक्कोमा रहेका आफ्ना नागरिकलाई जतिसक्दो चाँडो उक्त देश छोड्न आग्रह गरेको छ। इजरायलीलाई पनि ती देशमा नजान सल्लाह दिइएको छ।

इजरायलको राष्ट्रिय सुरक्षा एजेन्सीले यी देशमा युद्धका कारण आक्रोशित मानिसहरूले इजरायलीलाई निशाना बनाउन सक्ने आशंका व्यक्त गरेको छ।

अर्कातर्फ इजरायलले गाजा सहरस्थित अल कुड्स अस्पताल खाली गर्न आदेश दिएको छ।

अल जजिराको रिपोर्टअनुसार अस्पताल र वरपरका क्षेत्रमा हजारभन्दा बढी मानिस छन्। अस्पताल प्रशासनले खाली गर्न अस्वीकार गरेको छ।

इजरायली आक्रमणबाट घरबारविहीन भएका करिब १२ हजार मानिस यहाँ बस्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .