इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा हमासविरुद्धको युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएका छन्। इजरायली सैनिकहरुले गाजामा स्थल आक्रमण तीव्र पारिरहेका बेला उनले यस्तो बताएका हुन्।
शनिबार राति नेतन्याहुले पत्रकार सम्मेलनमा इजरायलीहरुलाई लामो र कठिन आक्रमणका लागि तयार हुने आह्वान गरेका थिए।
‘भर्खर सुरुवात मात्र हुँदैछ। हामी दुश्मनलाई जमिनमाथि र जमिनमुनि ध्वस्त पार्नेछौँ,’ नेतन्याहुले भने।
इजरायलले भीषण बमबारीका माझ स्थल सैनिकलाई गाजाको भित्री इलाकासम्म प्रवेश गराउने कोसिस गरिरहेको छ।
इजरायली अधिकारीहरुका अनुसार शुक्रबारदेखि ने उत्तरी गाजामा सेना र ट्यांकहरु सञ्चालित छन्।
गाजामा हाल टेलिफोन र इन्टरनेट सेवा पुनर्स्थापना हुन थालेको प्यालेस्टाइनी सञ्चारमाध्यमहरुले जनाएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया