इरान समर्थित हुती विद्रोहीहरूले इजरालयसम्बन्धित एक व्यापारिक जहाजमा मिसाइल हानेको छ।
सोमबार भएको यो घटनाको पुष्टि अमेरिकी सेन्ट्रल कमान्डले गरेको छ। इरान समर्थित हुती विद्रोहीहरूको नियन्त्रण रहेको क्षेत्रमा यमनबाट हानिएको मिसाइलबाट एक व्यवसायिक पानी जहाजमा आगो लागेको छ।
अमेरिकी सेनाका अनुसार हुती विद्रोहीले हानेको यो मिसाइल विस्फोट हुँदा स्ट्रिन्डा जहाजमा आगो लागेको छ। यो जहाज बाब-अल-मन्डेब स्ट्रेटबाट गइरहेको थियो। यो जहाज गइरहेको क्षेत्र लाल सागरबाट अदनको खाडीमा जोडिन्छ।
यसका साथै ब्रिटिश म्यारीटाइम एजेन्सीका अनुसार यो आक्रमणपछि अन्य कयौँ जहाजले बाटो बदल्नु परेको थियो। केही जहाजहरूलाई यमनी बन्दरगाहतिर जान आदेश दिइएको थियो।
हुती विद्रोहीले उत्तरबाट इजरायलतर्फ जाने सबै जहाजलाई निशाना बनाउने चेतावनी दिइसकेको छ। हुतीले अन्तरराष्ट्रिय शिपिङ्ग कम्पनीहरूलाई इजरायली पोर्टसँग कुनै किसिमको सम्झौता नगर्न चेतावनी दिएको छ।
Shares
प्रतिक्रिया