ad ad

ग्लोबल


इराकी सुरक्षाकर्मीहरू १० वर्षपछि मतदान गर्दै

इराकी सुरक्षाकर्मीहरू १० वर्षपछि मतदान गर्दै

नेपालखबर
मंसिर ३०, २०८० शनिबार १८:४८, काठमाडौँ

इराकी सुरक्षाकर्मीहरूले १० वर्षको अन्तरालपछि सोमबार हुने प्रान्तीय निर्वाचनअघि शनिबार देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा मतदान गरेका छन्।

स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान शुरु भएको थियो। 

इराकको राजधानी बगदाद र नजिकका तीन प्रान्तबाहेक देशका अन्य १५ प्रान्तका विभिन्न शहरहरूका मतदान केन्द्रहरूमा सैनिक र प्रहरीहरू मतदान गर्न लाइनमा बसेका देखिन्थे।

इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगको तथ्याङ्क अनुसार १५ वटा प्रान्तका ५६५ मतदान केन्द्रमा १० लाखभन्दा बढी सुरक्षाकर्मी मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ।

इराकमा पछिल्लो प्रान्तीय निर्वाचन सन् २०१३ अप्रिलमा भएको थियो। (सिन्ह्वाको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .