ad ad

ग्लोबल


खान र सरिफ दुवैले जित दाबी गरिरहँदा पाकिस्तानी सेनाले भन्यो : अराजकता त्यागौँ

खान र सरिफ दुवैले जित दाबी गरिरहँदा पाकिस्तानी सेनाले भन्यो : अराजकता त्यागौँ

नेपालखबर
माघ २७, २०८० शनिबार १७:५९,

पाकिस्तानका सेनाप्रमुखले ‘अराजकता र ध्रुवीकरण’ छाड्न आह्वान गरेका छन्। चुनावको अनपेक्षित नतिजापछि पूर्वप्रधानमन्त्रीद्वय इमरान खान र नवाज सरिफ दुवैले जितको दाबी गरिरहँदा सेनाले यस्तो आह्वान गरेको हो।

अधिकांश नतिजा आइसक्दा जेलमा रहेका इमरान खाननिकट स्वतन्त्र उम्मेदवारहरुले सबैभन्दा बढी सिट जितेका छन्। 

तर, सेनाको साथ पाएका नवाज सरिफले सरकार गठनका लागि सहयोग गर्न सबैसँग आग्रह गरेका छन्। उनको पार्टीले अन्य पार्टीसँग त्यसको प्रयास पनि थालिसकेको छ।

स्पष्ट नतिजा नआएपछि सेनाप्रमुख जर्नेल असिम मुनिरले सबै पार्टीलाई परिपक्वता र एकता प्रदर्शन गर्न आग्रह गरेका छन्। २५ करोड जनसंख्या भएको प्रगतिशील मुलुकका लागि ध्रुवीकरणको राजनीतिक नसुहाउने उनको तर्क छ।

१४ सिटको नतिजा घोषणा हुन बाँकी छ। तर, खान र सरिफ दुवैले जितको दाबी गरेका छन्।

सबै अवरोधका माझ पनि खानको पक्षमा व्यापक जनमत रहेको पुष्टि भएको छ। चुनाव जितेका १०० स्वतन्त्रमध्ये ८ जनालाई मात्र खानको समर्थन नरहेको बताइएको छ। 

नवाज सरिफको पीएमएल–एनले ७१ सिट जितेको छ भने बेनजिर भुट्टोका छोरा बिलावल भुट्टो जर्दारीको पार्टीले ५३ सिट जितेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .