ग्लोबल


भारतीय वायुसेनाका पूर्वअध्यक्ष भदौरिया भाजपामा प्रवेश, लोकसभा चुनाव लड्ने

भारतीय वायुसेनाका पूर्वअध्यक्ष भदौरिया भाजपामा प्रवेश, लोकसभा चुनाव लड्ने

नेपालखबर
चैत ११, २०८० आइतबार १४:५, काठमाडौँ

भारतीय वायुसेनाका पूर्व अध्यक्ष आरकेएस भदौरिया भाजपामा प्रवेश गरेका छन्। 

उनले पार्टी महासचिव विनोद तावडे र केन्द्रीय मन्त्री अनुराग ठाकुरको उपस्थितिमा शनिबार पार्टीको सदस्यता लिएका छन्। 

समाचार एजेन्सी एएनआईका अनुसार पार्टीमा प्रवेश गरेपछि आरकेएस भदौरियाले भाजपा नेतृत्वको सरकारले सेनालाई अत्याधुनिक बनाएको भन्दै प्रशंसा गरे।

आफूले चार दशक भारतीय वायुसेनामा सेवा गर्दा पछिल्लो आठ-दश वर्षलाई स्वर्णिम काल भनेका छन्। यो आठ-दश वर्षमा भाजपाले सेनालाई आत्मनिर्भर बनाउनुका साथै क्षमता पनि वृद्धि गरिदिएको उनले बताए।

आरकेएस भदौरिया सन्सि २०२१ सेप्टेम्बरमा सेनाबाट अवकाशमा गएका थिए। त्युपछि विवेक राम चौधरी वायुसेना अध्यक्ष बने। 

भदौरिया उत्तर प्रदेशको आगरा जिल्लाका हुन्। यस्तोमा उनी भाजपाबाट गाजियाबाद सिटमा लोकसभामा उठ्न सक्छन्।

अहिले पूर्व सेनाध्यक्ष जनरल वीके सिंह गाजियाबादबाट सांसद छन्। उनले सन् २०१४ र सन् २०१९ मा जित्दै लोकसभा पुगिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .