गाजामा हमासविरुद्ध इजरायली आक्रमणका बीच टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्यालेस्टाइनीहरूलाई एकजुट हुन अपिल गरेका छन्।
राजधानी इस्तानबुलमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियासँग केही घण्टाको वार्तापछि उनले यस्तो बताएका हुन्।
इजरायली विदेशमन्त्री इजरायल काट्जले भने उक्त भेटको निन्दा गर्दै कडा प्रतिक्रिया दिएका छन्।
उनले सामाजिक सञ्जालमा दुई नेताको तस्बिर पोस्ट गर्दै एर्दोगानलाई लाज लाग्नुपर्ने टिप्पणी गरेका छन्।
हमास तथा इस्माइल हानियासँग टर्की सरकारको लामो समयदेखि राम्रो सम्बन्ध छ।
दुई दिनअघि हमास र इजरायलबीचको वार्तामा मध्यस्थता गर्ने कतारले यसमा आफ्नो भूमिका पुनर्विचार गरिरहेको बताएको थियो।
इस्माइल हनिया टर्की जाने भएपछि अहिले टर्कीले दुई पक्षबीच मध्यस्थता गर्न सक्ने अनुमान गरिएको छ।
Shares
प्रतिक्रिया