ad ad

ग्लोबल


२२९ यात्रु बोकेको विमानले जब ३७ हजार फिटको उचाइमा जोल्टिङ खायो...

एकको मृत्यु, कयौँको भाँचियो हात
२२९ यात्रु बोकेको विमानले जब ३७ हजार फिटको उचाइमा जोल्टिङ खायो...

नेपालखबर
जेठ ९, २०८१ बुधबार १३:२०,

२२९ जना यात्रु बोकेको सिंगापुर एयरलाइन्सको विमानमा ३७ हजार फिटको उचाइमा छँदा भयानक हलचल मच्चिएको छ। जसका कारण १ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।

लन्डनबाट सिंगापुर गइरहेको फ्लाइट एसक्यू३२१ मा सो घटना भएको थियो। फ्लाइट ट्रयाकिङ डेटाका अनुसार विमान एक्कासि जोल्टिङ खाएर झर्न थालेको थियो। र, कहिले माथि जाने, कहिले तल झर्ने क्रम ९० सेकेन्डसम्म चलेको थियो।

यात्रुहरुले अवतरणपछि सो यात्राको भयानक अनुभूति सुनाएका छन्।

न्युजिल्यान्डका एक यात्रु एन्ड्रयु डेविसका अनुसार उडान सबै सामान्य थियो। त्यसअघिसम्म कतै पनि हलचल भएको थिए।

१३ घण्टा लामो यात्रामा विमानले करिब १० घण्टा यात्रा गरिसकेको थियो। त्यतिबेला अन्य यात्रीहरु नास्ता गर्दै थिए। डेविस आफैँ भने फिल्म हेरिरहेका थिए।

त्यति नै बेला सिटबेल्ट लगाउन निर्देशन आयो। उनले सिट बेल्ट लगाए। क्षणभरमै विमानमा गडबडी आयो।

‘विमान खसेजस्तो भयो। केही सेकेन्डका लागि मात्र थियो होला त्यो, तर, मलाई राम्रो सम्झना छ– जुत्ता, आईप्याड, आईफोन, कुसन, ब्ल्यांकेट, काँटाचम्चा, प्लेट, कप हावामा उडिरहेको थियो र सिलिङमा बजारिइरहेको थियो। सँगैका सज्जन कफी पिइरहेका थिए, त्यो जम्मै ममाथि पोखियो,’ डेविसले सीएनएनलाई भनेका छन्।

ज्यान गुमाएका जिओफ किट्चेन ७३ वर्षीय बेलायती हुन्। उनलाई विमानमा २० मिनेटसम्म सीपीआर दिएको थियो। 

‘सबै चिच्याइरहेका थिए। एक जनाको अनुहारबाट रगत बगिरहेको थियो,’ उनले बताए।

सो घटनापछि २११ यात्रु र १८ चालक दलका सदस्य रहेको सो विमानलाई थाइल्यान्डको ब्याङ्ककमा अवतरण गरिएको थियो। 

तीमध्ये १४३ जनालाई राहत उडानमार्फत बुधबार बिहान सिंगापुर पुर्‍याइएको छ। 

७९ यात्रु र ६ चालक दल सदस्य अझै ब्यांककमै छन् र उनीहरुको उपचार चलिरहेको छ।

घाइतेहरुमा अस्ट्रेलिया, मलेसिया, बेलायत, न्युजिल्यान्डलगायतका नागरिक छन्।

मृतक किट्चेनको ज्यान हृदयाघातका कारण भएको हुनसक्ने बताइएको छ।

कयौँ यात्रुको हात भाँचिएको छ भने अधिकांशलाई चोट लागेको छ।

घटनाबारे अनुसन्धान हुने बताइएको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .