युक्रेनमा सत्ता पल्टाउने प्रयास असफल पारिएको सरकारी अधिकारीहरूले बताएका छन्। जुन ३० को दिन यस्तो प्रयास भएको उनीहरूको भनाइ छ।
युक्रेनको सुरक्षा एजेन्सी एसबीयूले टेलिग्राममा पोस्ट गर्दै सो कूका आयोजकहरूले जुन ३० मा किभमा दंगा फैलाएर युक्रेनको संसद् कब्जा गर्ने र त्यसमार्फत सैन्य र राजनीतिक नेतृत्व हटाएर सत्ता कब्जा गर्ने योजना बनाएको आरोप लगाएको छ।
सो आरोपमा चारजनालाई पहिचान गरिएको र दुईजनालाई पक्राउ गरिएको एसबीयूले जनाएको छ।
यो अभियोग ठहर भए १० वर्षसम्मको जेल सजाय हुनसक्छ।
उनीहरूले २ हजार जना अट्ने हल भाडामा लिएको र त्यहाँ संसद् कब्जा गर्नका लागि निजी कम्पनीहरूबाट सैनिक र सशस्त्र जवानहरू भाडामा लिएको बताइएको छ।
उनीहरूको सम्बन्ध रुससँग भए/नभएको भने सरकारी अधिकारीहरूले स्पष्ट पारेका छैनन्।
पछिल्लो समय युद्धमा हार बेहोर्दै जाँदा युक्रेनको सरकार दबाबमा छ। एजेन्सी
Shares
प्रतिक्रिया