ad ad

ग्लोबल


गत २४ घण्टामा थप कमजोर भए बाइडेन, टुट्दैछ राजनीतिक आधार

गत २४ घण्टामा थप कमजोर भए बाइडेन, टुट्दैछ राजनीतिक आधार

नेपालखबर
असार २७, २०८१ बिहिबार १८:५२,

चुनावी प्रतिस्पर्धा छाड्न दबाब बढिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेन गत २४ घण्टामा थप कमजोर भएका छन्। संसददेखि हलिउडसम्मका उनका समर्थकले बाइडेनलाई पार्टी र देशका लागि पछि हट्न आग्रह गरेका छन्।

पार्टीमा अझै पनि प्रभावशाली मानिने पूर्वसभामुख न्यान्सी पेलोसीले समेत उनलाई पुनर्विचार गर्न आग्रह गरिन्।

डोनाल्ड ट्रम्पले जिते संसद्, ह्वाइट हाउस र सर्वोच्च अदालतजस्ता सबै शक्तिकेन्द्रमा उनकै एकलौटी हुने भन्दै समर्थकहरुले नै बाइडेनलाई प्रतिस्पर्धा छाडेर नयाँ उम्मेदवारका लागि ठाउँ खाली गर्न भनिरहेका छन्।

तर, दुई साताअघिको ट्रम्पसँगको बहसपहिले नै कमजोर देखिएका बाइडेन अहिले राजनीतिक रुपले अझ क्षीण देखिएका छन्। तर, आफू उठिछाड्ने जिद्दी उनले छाडेका छैनन्।

खासगरी उनको कमजोरीका तीन कारण छन्। पहिलो, पार्टीमा उनले समर्थन गुमाउँदै छन्। दोस्रो, चन्दा सुक्दैछ र तेस्रो, सर्वेक्षणहरुमा उनको अवस्था झन् कमजोर हुँदैछ।

गत २४ घण्टामा यो अझ स्पष्ट भयो। एकपछि अर्का सांसदले उनलाई पछि हट्न आह्वान गरे।

यसलाई हेर्दा, उनको उम्मेदवारीले निरन्तरता पाउने सम्भावना निकै कमजोर हुँदै गएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .