ad ad

ग्लोबल


इजरायलमा हमास हमलाका मुख्य योजनाकार मारिएको दाबी

इजरायलमा हमास हमलाका मुख्य योजनाकार मारिएको दाबी

इजरायलले मारेको दाबी गरेका राफा सलामा


नेपालखबर
असार ३१, २०८१ सोमबार ९:३३, काठमाडौँ

इजरायली सेनाले हमासका वरिष्ठ कमान्डर राफा सलामा मारिएको दाबी गरेको छ। तर हमासले यसको पुष्टि गरेको छैन।

इजरायली सेनाले सलामा खान युनिस ब्रिगेडका कमान्डर भएको र उनी शनिबार भएको हवाई हमलामा मारिएको दाबी गरेको छ।

गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलाको मुख्य योजनाकार उनै भएको इजरायलको दाबी छ।

उनी हमासका सैन्य कमान्डर मोहम्मद दफादका नजिकका सहयोगी थिए।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको खान युनिसमा रहेको शरणार्थी शिविरमा आक्रमण गरेको बताएको छ। 

खान युनिसनजिकै अल-मासावी क्षेत्रमा भएको आक्रमणमा ११४ प्यालेस्टाइनी मारिएको र ४०० जना घाइते भएको मन्त्रालयले दाबी गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .