भारत सरकारले कोलकाताको आरजी कर मेडिकल कलेजमा बलात्कार गरी हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरको नाम र तस्बिर प्रचार प्रकरणमा सर्वोच्च अदालतको निर्णयलाई पालना गर्न देशमा चलिरहेका सोसल मिडिया प्लेटफर्मलाई निर्देशन दिएको छ।
भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतले किन्नौरी घोषविरुद्ध युनियन अफ इन्डियालगायतका मुद्दामा दिएको फैसलाप्रति ध्यानाकर्षण गराएको छ।
सर्वोच्च अदालतले बलात्कार गरी मारिएकी डाक्टरको नामका सबै सन्दर्भ र उनको पहिचान खुल्ने कुनै पनि फोटो तथा भिडिओ सबै सामाजिक सञ्जाल प्लेटफर्म र इलेक्ट्रोनिक मिडियाबाट तत्काल हटाउन आदेश दिएको छ।
सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले सर्वोच्च अदालतको यो आदेशको पालना गर्न आफूले के गरेको छ भनी इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयलाई cyberlaw-legal@meity.gov.in मा मेल गरेर जानकारी दिन भारत सरकारले निर्देशन दिएको छ।
Shares
प्रतिक्रिया