ad ad

ग्लोबल


पूर्वप्राचार्यसहित ७ जनाको पोलिग्राफ टेस्ट, घटना भएको राति पीडितसँग ४ डाक्टरले गरेका थिए डिनर

पूर्वप्राचार्यसहित ७ जनाको पोलिग्राफ टेस्ट, घटना भएको राति पीडितसँग ४ डाक्टरले गरेका थिए डिनर

महिला डाक्टरको बलात्कार/हत्या भएको आरजी कर मेडिकल कलेज


नेपालखबर
भदौ ८, २०८१ शनिबार १४:५, काठमाडौँ

भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा महिला डाक्टरको बलात्कारपछि हत्या प्रकरणमा शनिबार कलेजका पूर्वप्राचार्य सन्दीप घोषसहित सात जनाको पोलिग्राफ परीक्षण भइरहेको छ। 

घोषबाहेक बलात्कारका आरोपित सञ्जय रोय र मेडिकल कलेजका चारजना चिकित्सकको पोलिग्राफ परीक्षण भइरहेको हो। छ। साथै अस्पतालका एक सिभिल स्वयंसेवकको पोलिग्राफ टेस्ट पनि भइरहेको छ।

पूर्वप्राचार्यको भूमिका शंकास्पद 
महिला डाक्टरको बलात्कार र हत्या प्रकरणमा आरजी कर मेडिकल कलेजका पूर्वप्राचार्य सन्दीप घोषको भूमिका शंकास्पद देखिएको छ। 

घोषलाई सीबीआईले एक साताभन्दा बढी समयदेखि लगातार सोधपुछ गरिरहेको छ। मिडिया रिपोर्टका अनुसार सोधपुछका क्रममा सन्दीप घोषको बयानमा विरोधाभास देखिएको छ। 

यसका साथै सर्वोच्च अदालतले पनि सुनुवाइका क्रममा सन्दीप घोषको भूमिकामा गम्भीर प्रश्न उठाएको थियो। यही कारण घोष सीबीआई अनुसन्धानको दायरामा तानिएका हुन्। 

सीबीआईले सन्दीप घोष, आरोपित सञ्जय रोय, चार चिकित्सक र एक  स्वयंसेवकको पोलिग्राफ परीक्षण गर्न अनुमति माग्दै अदालतमा निवेदन दायर गरेको थियो, जसलाई अदालतले स्वीकृत गरेको थियो।

हिरासतमै पोलिग्राफ परीक्षण
आरोपित सञ्जय रोयको पोलिग्राफ परीक्षण हिरासतमै भइरहेको छ।

बाँकी ६ जनाको पोलिग्राफ परीक्षण भने सीबीआई कार्यालयमा भइरहेको छ।

उल्लेखनीय के छ भने सन्दीप घोषबाहेक पोलिग्राफ परीक्षण गर्ने चारजना चिकित्सकले घटना भएको राती ती महिला डाक्टरसँग डिनर गरेका थिए

पोलिग्राफ परीक्षणका लागि नयाँ दिल्लीस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट विज्ञहरूको टोली कोलकाता पुगेको छ।

के हो पोलिग्राफ टेस्ट?
पोलिग्राफ टेस्टलाईलाइ डिटेक्टर टेस्ट पनि भनिन्छ। यस परीक्षणमा धेरै मनोवैज्ञानिक परीक्षण गरिन्छ।

साथै प्रश्नको उत्तर दिँदा रक्तचाप, श्वासप्रश्वासको गति, छालाको संवेदनशीलता आदिको पनि अध्ययन गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .