ad ad

ग्लोबल


जर्मनी चक्कु आक्रमण : १५ वर्षका केटासहित ३ जना पक्राउ

जर्मनी चक्कु आक्रमण : १५ वर्षका केटासहित ३ जना पक्राउ

नेपालखबर
भदौ ९, २०८१ आइतबार १०:११, काठमाडौँ

जर्मनीको जोलिङ्गेन सहरमा तीन जनाको ज्यान लिनेगरी शनिबार भएको छुरा प्रहार घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

जर्मनीको नर्थ राइन–वेस्टफालिया राज्यका आन्तरिक मन्त्री हर्बर्ट रुलले यो जानकारी दिएका हुन्। 

घटनाबारे जानकारी दिँदै उनले शनिबार राति एआरडी पब्लिक टीभीलाई भने, ‘जुन व्यक्तिलाई हामीले दिनभर खोजी गरिरहेका थियौँ, उसलाई भर्खरै पक्राउ गरिएको छ।’

जोलिङ्गेन सहरमा शनिबार छुरा प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

यसबाहेक उनले थप जानकारी भने दिएनन्। जर्मनीको बिल्ड र स्पिगल समाचार वेबसाइटहरूले संदिग्धले आत्मसमर्पण गर्दा उनको लुगा रगतले रंगिएको उल्लेख गरेका छन्। 

जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले यसलाई भयानक घटना भनेका छन्। यो घटनामा यो तेस्रो पक्राउ हो।

यसअघि आक्रमण भएको स्थान नजिकै रहेको शरणार्थी शिविरबाट प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। त्यहीँ सबैभन्दा पहिले १५ वर्षका केटा पक्राउ परेका थिए।

अधिकारीहरूले केटा मुख्य संदिग्ध नभए पनि उसलाई आक्रमणबारे पक्कै थाहा भएको हुनुपर्ने बताएका छन्। 

सुरुमा इस्लामिक स्टेटले यस हमलाको जिम्मेवारी लिएको थियो। तर, आक्रमणकारीको सम्बन्ध इस्लामिक स्टेटसँग वा छैन भन्ने विषयमा अहिलेसम्म थाहा हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .