ad ad

ग्लोबल


इजरायलले लेबनानमा आक्रमण गर्‍यो

इजरायलले लेबनानमा आक्रमण गर्‍यो

नेपालखबर
भदौ ९, २०८१ आइतबार १०:२६, काठमाडौँ

इजरायली सेनाले आफ्नो लडाकु विमानले लेबनानमा रहेको हिजबुल्लाहको स्थानमा आक्रमण गरिरहेको बताएको छ।

इजरायलले हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि यो कदम चालेको जनाएको छ।

इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले भने- हामीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेका छौँ।

इजरायलले लेबनानमा आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाह क्षेत्रबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको पनि बताएको छ।

करिब तीन दिनअघि इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका १० वटा स्थानलाई निशाना बनाएको थियो।

इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निशाना बनाएका हुन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ।

जवाफमा हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा ५० भन्दा बढी मिसाइल प्रहार गरेको थियो।

हिजबुल्लाहले आफ्ना सैन्य कमान्डर  फुआद शुक्रको हत्याको बदला लिन इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको बताएको छ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मन्त्रिपरिषद्को आपत्‌कालीन सुरक्षा बैठक बोलाएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .