ad ad

ग्लोबल


पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु

नेपालखबर
भदौ ९, २०८१ आइतबार १४:४२, पाकिस्तान

पाकिस्तानको आजाद पाटन सहरनजिक आइतबार भएको बस दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको पाकिस्तानी प्रहरीले बताएको छ। 

पन्जाब प्रान्त र पाकिस्तान प्रशासित काश्मिरको सिमानामा पर्ने उक्त सहरनजिकै बस दुर्घटना भएको हो।

पन्जाबको रेस्क्यु ११२२ आपत्‌कालीन सेवाका प्रवक्ता फारुक अहमदले घटनाको पुष्टि गर्दै भने, ‘अहिलेसम्म १५ पुरुष, ६ महिला र एक बच्चासहित २२ जनाको मृत्यु भएको छ।’

उद्धार सेवाका अर्का प्रवक्ता मोहम्मद उस्मान गुज्जरले गाडी सडकबाट चिप्लिएर एउटा खोल्सामा खसेको बताए। 

पाकिस्तानमा पहाडी क्षेत्रमा कच्ची सडक, पुराना यातायातका साधन, अत्यधिक भार र चालकको लापर्बाहीका कारण दुर्घटना हुने गरेको पाइन्छ।

इरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २८ जना तीर्थयात्रीको शव स्वदेश ल्याएको एक दिनपछि यो अर्को दुर्घटना भएको हो।

गत मङ्गलबार राति  इरानको मध्य क्षेत्रमा रहेको याज्द प्रान्तको एक सुरक्षा जाँच केन्द्रअगाडि ५१ जना पाकिस्तानी तीर्थयात्रीलाई लिएर इराक जाँदै गरेको उक्त बस पल्टिएर आगलागी हुँदा २८ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएको इरानी राष्ट्रिय टेलिभिजनले च्यानलले जनाएका छन्।

इरानी ट्राफिक प्रहरी प्रमुख तेमुर होसेनीले भिरालो सडकमा बसमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भई खोल्सामा खसी दुर्घटनाग्रस्त भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .