ad ad

ग्लोबल


वामपन्थीलाई प्रधानमन्त्री नबनाउने म्याक्रोँको अडान

वामपन्थीलाई प्रधानमन्त्री नबनाउने म्याक्रोँको अडान

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १७:३९,

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले वामपन्थी नेतालाई प्रधानमन्त्री नबनाउने बताएका छन्। उनको यस्तो अडानले फ्रान्सको राजनीतिक संकट लम्बिने देखिएको छ।

हालैको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्ट (एनएफपी) ले सबैभन्दा बढी सिट जितेको थियो। 

तर, म्याक्रोँले फ्रान्सलाई संस्थागत स्थायित्व आवश्यक रहेको र वापमन्थी प्रधानमन्त्रीले संसदमा विश्वासका मत नपाउने बताएका छन्।

एनएफपीले प्रधानमन्त्रीमा लुसी कास्तेलाई अघि सारेको थियो। ३७ वर्षीया अर्थशास्त्री कास्तेले चुनाव भने लडेकी छैनन्।

 म्याक्रोँले उनलाई प्रधानमन्त्री बनाउन नमानेपछि सो गठबन्धनले सडक प्रदर्शन र म्याक्रोँविरुद्ध महाभियोगको आह्वान गरेको छ।

जुलाईमा भएको चुनावमा म्याक्रोँको मध्यपन्थी गठबन्धन दोस्रो स्थानमा खुम्चिएको थियो। उनले नेताहरुसँग नयाँ चरणको सल्लाह सुरु गर्ने बताएका छन्।

चुनावमा कुनै पनि दलले बहुमत पाउन सकेनन्। एनएफपीले १९० सिट जित्दा म्याक्रोँको गठबन्धनले १६० सिट प्राप्त गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .