ad ad

ग्लोबल


पाएको महिना दिन नपुग्दै खस्यो युक्रेनको एफ–१६ फाइटर जेट, पाइलटको मृत्यु

पाएको महिना दिन नपुग्दै खस्यो युक्रेनको एफ–१६ फाइटर जेट, पाइलटको मृत्यु

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १५:५३,

नेटो मुलुकहरुले दिएको एफ–१६ लडाकु विमानमध्ये एक युक्रेनले गुमाएको छ। रुसी क्षेप्यास्त्र आक्रमणको बीचमा आफ्नै हतियारले लागेर सो विमान ध्वस्त भएको युक्रेनी सेनाले बताएको छ।

यो घटना सोमबार भएको हो। जसमा पाइलट अलेक्सेइ मेसको मृत्यु भएको छ। 

पहिलोपटक युक्रेनले सो विमान गुमाएको हो। यही महिना नेटो मुलुकहरुले युक्रेनलाई सो विमान दिएका थिए। 

रुसी सेनाको आक्रमणबाट विमान ध्वस्त नभएको युक्रेनी सेनाको दाबी छ। तर, रुसी ड्रोन र क्षेप्यास्त्र खसाउने काममा एफ–१६ विमान तैनाथ गरिएको राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बताएका थिए।

नेटो मुलुकहरुले करिब ६५ वटा एफ–१६ दिने वाचा गरेका छन्। जेलेन्स्कीले लामो समयदेखि सो विमान माग्दै आएका थिए। उनले आउँदो महिना अमेरिकी राष्ट्रपति जो बाइडेनसामु ‘विजय योजना’ प्रस्तुत गर्ने बताएका छन्।

यो विमानको क्षतिले जेलेन्स्कीलाई धक्का पुगेको विश्लेषण गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .