ad ad

ग्लोबल


युक्रेनमा ६६ हजार रुसी सैनिक मारिएको ‘मिडियाजोना’को दाबी

युक्रेनमा ६६ हजार रुसी सैनिक मारिएको ‘मिडियाजोना’को दाबी

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०८१ आइतबार ८:१९, वार्सा

युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रुसी सञ्चार माध्यम ‘मिडियाजोना’ले शनिबार जनाएको छ।

‘मिडियाजोना’ले बीबीसी रुसी सेवासँगको सहकार्यमा खुला स्रोतको तथ्याङ्क प्रयोग गरेर ज्ञात सैनिकको मृत्युको सूची तयार गरिरहेको छ।

यसअघि, गत अप्रिलमा उनीहरूले मारिएका ५० हजारभन्दा बढी रुसीको नाम फेला परेको घोषणा गरेका थिए।

‘मिडियाजोना’ले शनिबार भनेको छ, ‘अगस्ट ३० सम्म हामीलाई युद्धमा मारिएका ६६ हजार ४७१ रुसी सैनिकको नाम प्राप्त भएको छ।’

पछिल्लो चार हप्तामा यो सूची चार हजार ६०० भन्दा बढीले बढेको र  धेरै सैनिकहरूको मृत्यु सार्वजनिक नगरिएकाले यो निश्चित आँकडा नभएको स्रोतले जनाएको छ।

‘मिडियाजोना’की एक सञ्चारकर्मी अनास्तासिया अलेक्सिएभाले मृत्यु हुनेको पछिल्लो सङ्ख्या कुर्स्क क्षेत्रमा युक्रेनको आक्रमण वा पूर्वमा रुसको प्रगतिसँग सम्बन्धित नभएको बताएका छन्।

‘यसको कारण यो हो कि अनुसन्धानकर्ताहरूले अझै पनि मृत्यु रिपोर्टहरूको ब्याकलगमार्फत काम गरिरहेका छन्,’ उनले भने।

प्रतिवेदनमा राष्ट्रिय सेवामा संलग्न १७२ जना सैनिक युद्धमा मारिएको पाइएको उल्लेख गरिएको र यो प्रारम्भिक महिनाहरूमा सबैभन्दा बढी हो।

‘मिडियाजोना’का सम्पादक दिमित्री ट्रेश्चानिनले भने, ‘यी आँकडाहरू पूर्ण रूपमा सही नहुन पनि सक्छन्, किनभने अनिवार्य सैन्य भर्ती केन्द्रहरूले व्यावसायिक सैन्य सम्झौतामा हस्ताक्षर गर्नका लागि केही आफन्तहरूको नाम दर्ता गरेको हुन सक्छन्।’

‘मिडियाजोना’को विवरणअनुसार सबैभन्दा बढी दक्षिणी गणतन्त्र बास्कोर्तोस्तानमा दुई हजार ५७८ जनाको मृत्यु भएको छ। यहाँ ठूलो सङ्ख्यामा मुस्लिम समुदायको बसोबास छ।

समग्रमा सबैभन्दा बढी मृत्यु ३३ देखि ३५ वर्षको उमेर समूहका सैनिकको भएको र यस समूहबाट ६ हजार ८७७ जनाको मृत्यु भएको छ।

मृत्यु भएकामध्ये १२ हजारभन्दा बढी कैदीहरू थिए। रुसले कैदीहरूलाई पहिलो चरणको एक अवधिपछि स्वतन्त्रताको आश्वासन दिएर युद्धमा पठाएको छ।

‘तर पछिल्लो समय भर्ती अभियान त्यति सक्रिय छैन, त्यसैले यो सङ्ख्या घटेको छ,’ अलेक्सिएभाले भने।

‘मिडियाजोना’ र बीबीसीले रुसी चिहानहरूको उपग्रहबाट प्राप्त तस्बिरहरूको प्रयोग गर्दै नयाँ मृतकहरूको सङ्ख्या अनुमान गर्न स्वयंसेवकहरूसँग मिलेर फेब्रुअरी २०२२ देखि आधिकारिक रिपोर्ट र मिडियाजस्ता खुला स्रोतबाट प्राप्त हुने जानकारीको प्रयोग गरी मृत्युको गणना गरिरहेका छन्। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमहिनामा नमा करिब सात लाख रुसी लडिरहेको बताएका थिए।

मस्कोले ‘विशेष सैन्य अभियान’मा आफूले बेहोरेको क्षतिबारे तथ्यांक विरलै सार्वजनिक गर्ने गर्छ।

सन् २०२२ को सेप्टेम्बरमा रुसी रक्षा मन्त्रालयले युद्धमा ५ हजार ९३७ सैनिक मारिएको बताएको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका थिए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .