ad ad

ग्लोबल


सीआईए र एमआई६ प्रमुखले भने : विश्व व्यवस्थामा शीतयुद्धयताकै ठूलो खतरा छ

सीआईए र एमआई६ प्रमुखले भने : विश्व व्यवस्थामा शीतयुद्धयताकै ठूलो खतरा छ

नेपालखबर
भदौ २३, २०८१ आइतबार १६:२८,

विश्व व्यवस्थामा शीतयुद्धयताकै सबैभन्दा ठूलो खतरा पैदा भएको अमेरिका र बेलायतका गुप्तचर निकाय प्रमुखहरुले बताएका छन्। उनीहरुले प्रमुख खतरा रुस र चीनबाट भएको पनि उल्लेख गरेका छन्।

पहिलोपटक संयुक्त लेख लेख्दै सीआईएका निर्देशक बिल बर्न्स र एमआई६ का प्रमुख रिचर्ड मुरले युक्रेन युद्ध हुनलागेको सूचना आफूहरुले पहिल्यै पाएको र युक्रेनलाई सघाउने अन्तर्राष्ट्रिय समुदायले पहिल्यै सचेत गराइएको पनि उल्लेख गरेका छन्।

‘युक्रेनमा रुस र पुटिनको आक्रमणको विरुद्ध सीआईए र एसआईएस सँगसँगै खडा छ। यो युद्ध आउँदै गरेको हामीले देख्यौँ र अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी दियौँ। ताकि हामी सबै युक्रेनको रक्षाका लागि एकजुट हुन सकियोस्,’ फाइनान्सियल टाइम्समा उनीहरुले लेखेका छन्, ‘यो क्रमलाई निरन्तरता दिन पहिलेभन्दा निकै जरुरी छ। युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रतालाई समाप्त पार्न पुटिन सफल हुने छैनन्।’

‘सीआई र एसआईएसका दुवैका लागि चीनको उदय २१ औँ शताब्दीको प्रमुख भूराजनीतिक र जासुसी चुनौती हो,’ उनीहरुले लेखेका छन्।

यी दुई गुप्तचर प्रमुख पहिलोपटक सँगै सार्वजनिक कार्यक्रममा पनि देखा परेका छन्। शनिबार लन्डनमा आयोजित फाइनान्सियल टाइम्सकै एक कार्यक्रममा उनीहरु एकसाथ उपस्थित थिए। अन्तिम समयसम्म वक्ताहरुबारे जानकारी सार्वजनिक गरिएको थिएन।

सीआईए प्रमुख बर्न्सले कुर्स्कमा युक्रेनले जमिन कब्जा गर्नु ‘महत्त्वपूर्ण कार्यनीतिक विजय’ भएको बताए। तर, रुसको सत्तामा पुटिनको पकड कमजोर भएको कुनै प्रमाण आफूले नदेखेको उनको भनाइ थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .