ad ad

ग्लोबल


केजरीवालले सर्वोच्च अदालतबाट पाए जमानत, आजै जेलबाट छुट्ने सम्भावना

केजरीवालले सर्वोच्च अदालतबाट पाए जमानत, आजै जेलबाट छुट्ने सम्भावना

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार ११:४६, काठमाडौँ

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतीय सर्वोच्च अदालतले जमानत दिएको छ।

मदिरा नीति सम्बन्धी मुद्दामा सीबीआईको एफआईआरमा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। केजरीवाललाई १० लाख धरौटीमा जमानत दिइएको हो। 

केजरीवालले ईडी मुद्दामा जुलाई १२ मै सर्वोच्च अदालतबाट जमानत पाइसकेका छन्।

यस्तो अवस्थामा उनको जेलबाट बाहिरिने बाटो खुलेको छ। उनी आजै जेलबाट छुट्न सक्ने बताइएको छ

दिल्ली सरकारको मदिरा बिक्री नीतिसँग जोडिएको भ्रष्टाचार छानबिन गर्न आम आदमी पार्टी (आप) का प्रमुखसमेत रहेका केजरीवाललाई ईडीले गत मार्च २१ मा पक्राउ गरेको थियो, जसमा सर्वोच्च अदालतले उनलाई जुलाईमा जमानत दिएको थियो।

तर हिरासतमै रहेका बेला केजरीवाललाई सीबीआईले जुन २६ मा पुन: गिरफ्तार गरेको थियो।

सन् २०२२ मा केजरीवाल सरकारले लागू गरेको नीतिले निजी क्षेत्रका थोक बिक्रेतालाई अनुचित लाभ दिएको आरोप छ।

आप समर्थकले भने यस नीतिले सरकारी एकाधिकार तोडेको दाबी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .