भारत सरकारले मराठी र बंगालीसहित पाँच भाषालाई शास्त्रीय भाषाको दर्जा दिने घोषणा गरेको छ।
बिहीबार बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मन्त्री अश्विनी वैष्णवले जानकारी दिएका हुन्।
यो दर्जा पाएका भाषाहरूमा मराठी, पाली, प्राकृत, असमिया र बंगाली पर्छन्।
तमिल, संस्कृत, तेलुगु, कन्नड, मलयालम र उडियाले पहिले नै शास्त्रीय भाषाको दर्जा पाइसकेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै यो निर्णयप्रति खुसी व्यक्त गरेका छन्।
39
Shares
प्रतिक्रिया