ad ad

ग्लोबल


बंगलादेशमा ८ महिनाभित्र चट्याङ लागेर २९७ जनाको मृत्यु

बंगलादेशमा ८ महिनाभित्र चट्याङ लागेर २९७ जनाको मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
असोज २०, २०८१ आइतबार ६:५६, ढाका

बंगलादेशमा यस वर्ष चट्याङमा परी झन्डै ३०० जनाको ज्यान गएको छ। मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान छन्।

यस वर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष र ५५ महिला गरी २९७ जनाको मृत्यु भएको छ।

‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम (एसएसटीएफ)’ ले शनिबार ढाकामा पत्रकार सम्मेलन गरी चट्याङबाट मृत्यु हुनेको सङ्ख्या सार्वजनिक गरेको हो।

सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन गरिरहेको एसएसटीएफले यस अवधिमा ७३ जना घाइते भएको बताएको छ।

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका मानिस रहेको र उनीहरू आफ्नो खेतबारीमा काम गरिरहेका बेला चट्याङ लागेको बताइएको छ।

एसएसटीएफले राष्ट्रिय दैनिक, स्थानीय दैनिक पत्रपत्रिका, अनलाइन न्युज पोर्टल र टेलिभिजन च्यानलहरूबाट चट्याङबाट मृत्यु हुनेको तथ्यांक संकलन गरेको जनाएको छ।

बंगलादेशमा मौसम परिवर्तन हुने महिनाहरूमा चट्याङ पर्ने र यसका कारण बर्सेनि सयौँले ज्यान गुमाउने गरेको उक्त संस्थाले जनाएको छ।

बंगलादेशले हालैका वर्षहरूमा चट्याङका कारण मृत्यु हुनेको सङ्ख्या बढेको र विज्ञहरूले यो अवस्थालाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग पनि जोडेर हेर्ने गरेको पाइन्छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .