ad ad

ग्लोबल


लण्डनमा कोरोना अस्पताल निर्माण गर्न गोर्खा सैनिक परिचालन

लण्डनमा कोरोना अस्पताल निर्माण गर्न गोर्खा सैनिक परिचालन

प्रजय शुक्ल
चैत १६, २०७६ आइतबार ४:४४,

लण्डन—बेलायतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्न थालेपछि लण्डनमा आपतकालीन अस्पताल निर्माण गर्न गोर्खा सैनिक परिचालन गरिएको छ। लण्डनको एक्सलमा निर्माणाधीन सो अस्पतालमा कोरोना बिरामीलाई उपचार गर्न ४ हजार बेड तयार पारिँदैछ।

बेलायतको कमनवेल्थ फोर्सका अनुसार अस्पताल निर्माणका लागि क्वीन गोर्खा इञ्जिनियर परिचालन गरिएको हो। एक सातामा निर्माण सम्पन्न गर्ने गरी गोर्खा सैनिकले काम थालिसकेका छन्। उनीहरुले कडा मिहिनेत साथ काम गरिरहेको सेनाले जनाएको छ।

सन् १९४८ देखि बेलायती सेनामा गोर्खा इञ्जिनियरहरुले छुट्टै सेवा दिँदै आएका छन्। यसअघि पनि बेलायतले आपतकालमा गोर्खा डिभिजनल ईन्जिनियरलाई विभिन्न ठाउँमा परिचालन गर्ने गरेको थियो।

नेपालीलाई घरभित्रै बस्न राजदूतको आग्रह
बेलायतमा कोभिड—१९ बाट ज्यान गुमाउनेको संख्या १ हजार १९ पुगेको छ, संक्रमितको संख्या १७ हजार ८९ छ। कोरोना फैलिन नदिन सोमबारदेखि वेलायत लकडाउन गरिएको छ। सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनेको छ।

यसैबीच बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतवासी नेपालीलाई घरैमा सुरक्षित रहन अपिल गरेका छन्। बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट दुई जना नेपालीको मृत्यु भएपछि राजदूत सवेदीले नेपालीहरुलाई शनिबार व्यक्तिगत सन्देश पठाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .