ad ad

ग्लोबल


ट्रम्प जेल गए राष्ट्रपतीय चुनावको तयारी के होला?

ट्रम्प जेल गए राष्ट्रपतीय चुनावको तयारी के होला?

नेपालखबर
जेठ २०, २०८१ आइतबार ९:३८, काठमाडौँ

आपराधिक मुद्दामा दोषी ठहर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई के कति सजाय हुने भन्ने विषयमा अदालतले आगामी जुलाई ११ मा फैसला सुनाउँदै छ। 

आगामी राष्ट्रपतिको चुनाव लड्ने तयारी गरिरहेका ट्रम्प जेल गए भने के हुन्छ?

पहिलो कुरा त उनले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

अर्काे कुरा कथं ट्रम्प जेल गए पनि उनी राष्ट्रपतिको उम्मेदवार रहिरहने उनकी अधिवक्ता एलिना हुब्बाले हब्बाले बीबीसीसँग बताएकी छन्। 

ट्रम्प अपराधमा दोषी ठहर हुने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्।

तर, ट्रम्पले यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको र अदालतमा ठगी भएको दाबी गरेका छन्।

म्यानहट्टनको अदालतमा ७ हप्ताको सुनुवाइपछि ट्रम्प सबै ३४ अभियोगमा दोषी ठहर भएका हुन्। 

के हो मुद्दा?
यो मुद्दा ट्रम्प र पोेर्न स्टार स्टोर्मी ड्यानियल्सबीचको शारीरिक सम्बन्धसँग सम्बन्धित छ। ड्यानियल्सका अनुसार झण्डै दुई दशकपहिले ट्रम्प र उनीबीच संसर्ग भएको थियो। 

२०१६ मा त्यसविषयलाई गुपचुप राख्न ट्रम्पका पूर्ववकिल माइकल कोहेनबाट आफूले १ लाख ३० हजार डलर रकम लिएको उनको भनाइ छ।

कोहेन पछि अनेक अभियोगमा जेल परे।

यो विषयको खुलासा २०१८ मा भयो। उनले ड्यानियल्ससँगको सम्बन्ध अस्वीकार गरे।

को हुन् ड्यानियल्स?
४५ वर्षीया ड्यानियल्सको खास नाम स्टेफेनी क्लिफोर्ड हो। लुजियानमा जन्मेकी उनी एडल्ट फिल्म अभिनेत्री हुन्। 

उनी केही हलिउड फिल्ममा समेत देखिएकी छन्।

उनले अदालतमा दिएको बयानअनुसार जुलाई २००६ मा उनले पहिलो पटक ट्रम्पलाई गल्फ प्रतियोगितामा भेटेकी थिइन्। ट्रम्पले खाना खान आफूलाई निम्त्याएको उनको भनाइ छ। आफूलाई इच्छा नभए पनि पब्लिसिस्टले उनलाई जान भनेको बयानमा उनले उल्लेख गरेकी छन्।

त्यतिबेला ट्रम्पकी पत्नी मेलानियाले भर्खरै बच्चा जन्माएकी थिइन्। उनी सो प्रतियोगितामा थिइनन्।

उनी त्यसपछि क्यालिफोर्निया र नेभाडाको बीचमा अवस्थित ताहो रिसोर्ट क्षेत्रमा ट्रम्पले बोलाएको ठाउँमा पुगिन्। सिल्क पैजामा लगाएका ट्रम्पले उनलाई ढोकामा स्वागत गरे।

त्यसपछि उनी बाथरुम गइन्। फर्केर आउँदा ट्रम्प कट्टु र टिसर्ट मात्र लगाएर ओछ्यानमा पल्टिरहेका थिए। उनीहरूले आपसी सहमतिमै यौनसम्बन्ध राखे। 

तर, त्यो घटनाले आफूलाई भ्रमित तुल्याएको उनको भनाइ छ।

धम्की र चुप लाग्न पैसा
२०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प उठे। चुनावअघि कोहेनले आफूलाई चुप लाग्न भन्दै १ लाख ३० हजार डलर दिएको ड्यानियल्सको भनाइ छ।

आफ्नो परिवारको सुरक्षालाई लिएर चिन्तित भएकाले पैसा स्वीकार गरेको उनको भनाइ छ। आफूलाई कानुनी र शारीरिक हिसाबले पनि चुप लाग्न धम्की दिइएको उनले आरोप लगाएकी छन्।

ननडिस्क्लोजर एग्रिमेन्ट गर्नका लागि कसैलाई पैसा तिर्नु गैरकानुनी होइन। तर, त्यस्तो पैसा झुटो शीर्षकमा अभिलेख गरिएको सरकारी वकिलहरूको आरोप थियो। ड्यानियल्सलाई तिरेको पैसा वकिलको कानुनी शुल्कका रुपमा ट्रम्पको खातामा अभिलेख राखिएको आरोप थियो।

सो पैसा २०१६ चुनावभन्दा केही दिनअघि मात्र ट्रान्सफर गरिएको थियो।

आफूमाथि यो विषयसमेत अरु अभियोगमा पनि मुद्दा चलेपछि कोहेनले पहिले ड्यानियल्सलाई तिरेको पैसा ट्रम्पसँग सम्बन्धित नरहेको बताएका थिए। तर, पछि उनले ट्रम्पको निर्देशनमा दिएको र आफूले ट्रम्पबाट उक्त रकम उठाएको बताए।

यसै अभियोगमा ट्रम्प दोषी ठहर भएका हुन्। यस्तो अपराधमा अधिकतम ४ वर्ष जेल सजाय हुनसक्छ। तर, पहिलोपटक यस्तो कसुर गर्नेलाई हम्मेसी जेल पठाउने चलन छैन।

त्यसको ३० दिनभित्र उनले पुनरावेदनको सूचना अदालतमा दर्ता गर्नुपर्नेछ। त्यसको ६ महिनामा सम्पूर्ण प्रक्रिया सकेर पुनरावेदन गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .