ad ad

ग्लोबल


एनडीए बैठकबाट मोदी चुनिए सर्वसम्मत नेता

एनडीए बैठकबाट मोदी चुनिए सर्वसम्मत नेता

नेपालखबर
जेठ २३, २०८१ बुधबार २२:४, काठमाडौँ

एनडीए बैठकले नरेन्द्र मोदीलाई गठबन्धनको सर्वसम्मत नेता चयन गरेको भारतीय जनता पार्टी (भाजपा) ले बताएको छ।

लोकसभा चुनावको नतिजा आएपछि आज नयाँ दिल्लीमा बसेको भाजपा नेतृत्वको गठबन्धन एनडीए घटक पक्षको बैठकले मोदीलाई गठबन्धनको नेता चुनेको हो। 

भाजपाले चुनावमा २४० सिट जितेको छ भने आफ्ना सहयोगीहरूसँग मिलेर बहुमतको अंक पार गरेको छ।

मोदीको मन्त्रीपरिषदका विदेशमन्त्री एस जयशंकरले ‘सर्वसम्मतिले एनडीएको नेतामा निर्वाचित भएको’ भन्दै बधाई दिएका छन्। 

‘सर्वसम्मतिले एनडीएको नेतामा निर्वाचित भएकोमा प्रधानमन्त्रीलाई बधाई’, जयशंकरले एक्समा लेखेका छन्, ‘तपाईंको नेतृत्वले देशका जनताको जीवनमा र विदेशमा भारतको कदमा परेको परिवर्तनकारी प्रभाव अतुलनीय छ।’

यस बैठकमा नरेन्द्र मोदीसहित कुल २१ नेता सहभागी थिए।

बैठकमा जेपी नड्डा, राजनाथ सिंह, अमित शाह, चन्द्रबाबु नायडु, नितिश कुमार, एकनाथ शिन्दे, एचडी कुमारस्वामी, चिराग पासवान, जीतन राम मांझी, पवन कल्याण, सुनील तटकरे, अनुप्रिया पटेल, जयन्त चौधरी, प्रफुल्ल पटेल, प्रमोद बोरो तथा अतुल बोरा सहभागी भएका थिए। यसैगरी  इन्द्र हङ सुब्बा, सुदेश महतो, राजीव रञ्जन सिंह, सञ्जय झा पनि उपस्थित थिए।

बैठकमा पारित प्रस्तावमा भनिएको छ, "मोदीजीको नेतृत्वमा एनडीए सरकार भारतका गरिब, महिला, युवा, किसान र शोषित, वञ्चित र पीडित नागरिकहरूको सेवा गर्न प्रतिबद्ध छ। भारतको सम्पदाको संरक्षण गर्दै, देशको चौतर्फी विकासका लागि एनडीए सरकारले भारतका जनताको जीवनस्तर सुधार्न काम गरिरहनेछ।"

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .