लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ खानुअघि नरेन्द्र मोदी आज (आइतबार) बिहानै महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन्।
बीबीसी हिन्दीका अनुसार मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरे।
मोदीले आज साँझ ७:१५ बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री पदको शपथ खाने कार्यक्रम छ।
राजघाटपछि मोदी पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए।
432
Shares
प्रतिक्रिया