ad ad

ग्लोबल


बाइडेनको समर्थन पाएकी ह्यारिस राष्ट्रपतिको उम्मेदवार हुने सम्भावना कति?

बाइडेनको समर्थन पाएकी ह्यारिस राष्ट्रपतिको उम्मेदवार हुने सम्भावना कति?

नेपालखबर
साउन ७, २०८१ सोमबार २१:३५, काठमाडौँ

जो बाइडेन अर्को वर्ष जनवरीसम्म अमेरिकाको राष्ट्रपति पदमा रहनेछन्। यसैबीच उनले यसै साता राष्ट्रका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

बाइडेनले आगामी राष्टपतिको निर्वाचनको उम्मेदवारमा पार्टीभित्र उपराष्ट्रपति कमला ह्यारिसको नाममा समर्थन गरेका छन्।

तर यसको अर्थ के होइन भने डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार ह्यारिस नै हुन्। 

किनकि डेमोक्र्याटिक पार्टीमा राष्ट्रपतिको उम्मेदवारीका लागि अझै प्रतिस्पर्धा बाँकी नै छ।

निर्वाचनको दिन नजिकिँदै गर्दा पनि पार्टीमा नयाँ उम्मेदवार चुन्ने बाटो स्पष्ट भइसकेको छैन। डेमोक्र्याटिक राष्ट्रिय महाधिवेशन अर्थात् डीएनसीले नयाँ उम्मेदवार चयन गर्ने प्रक्रिया तय गर्नेछ।

अगस्ट १९ मा सुरु हुने उक्त महाधिवेशनमा पार्टी प्रतिनिधिहरूले आधिकारिक रूपमा राष्ट्रपतिको उम्मेदवार छनोट गर्न सक्नेछन्।

डीएनसीको नियम समितिले आगामी कदमबारे छलफल गर्न बुधबार बैठक गर्ने बताएको छ।

महाधिवेशनमा भाग लिने दलका प्रतिनिधिहरूले प्राय: प्राथमिक प्रक्रियामा छनोट भएका उम्मेदवारहरूलाई आफ्नो मत दिन्छन्। तर अब उनीरू अन्य उम्मेदवारलाई भोट हाल्न पनि स्वतन्त्र छन्। 

नयाँ उम्मेदवारलाई समर्थन गर्न पार्टी एकजुट भएन भने सन् १९६८ पछि पहिलोपटक खुला अधिवेशन गर्नुपर्ने हुनसक्छ।

यसको अर्थ के हो भने प्रतिनिधिहरूका अगाडि धेरै उम्मेदवार छन् भने उनीहरू जो कसलाई मतदान गर्न स्वतन्त्र हुनेछन्।

यसैबीच, जो बाइडेनले उम्मेदवारी छाडेपछि उपराष्ट्रपति कमला ह्यारिसको अभियानले २४ घण्टामा झण्डै ५० लाख डलरको कोष संकलन गरेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .