ad ad

कर्णाली


दैलेखको चामुण्डामामा भेटियो शंकास्पद वस्तु, सुरु हुन सकेन मतदान

दैलेखको चामुण्डामामा भेटियो शंकास्पद वस्तु, सुरु हुन सकेन मतदान

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ८:१४, सुर्खेत

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा शंकास्पद वस्तु फेला परेको छ। 

उक्त वस्तु फेलापछि अझै मतदान हुन सकिरहेका छैन। 

बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शंकास्पद वस्तु भेटिएपछि अहिले कालीबक्स गणबाट सेनाको बम डिस्पोजल टोली मतदान केन्द्रमा पुगिसकेको छ। 

सेनाले उक्त वस्तु निष्क्रिय पारेपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ। उक्त मतदान केन्द्रमा करिब १ हजार ९ सय मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .