ad ad

कर्णाली


बाढी र पहिरोका कारण कर्णाली प्रदेशका अवरुद्ध राजमार्ग अझै खुलेनन्

बाढी र पहिरोका कारण कर्णाली प्रदेशका अवरुद्ध राजमार्ग अझै खुलेनन्

नेपालखबर
असार २४, २०८१ सोमबार १५:३, सुर्खेत

विगत चार दिनदेखि लगतार परेको अविरल बर्षका कारण अवरोध कर्णालीका विभिन्न राजमार्ग अझै खुलेका छैनन्। बाढी र पहिरोका कारण अवरुद्ध भएका राजमार्ग नखुल्दा यात्रुहरू समस्यामा परेका छन्। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशका १० जिल्ला मध्ये सात वटा जिल्लाका विभिन्न राजमार्ग अवरुद्ध बनेका हुन्।

प्रहरीका अनुसार, कालीकोट जिल्ला अन्तरगत पर्ने कर्णाली करिडोर र कर्णाली राजमार्गका ठाउँठाउँमा पहिरो खस्दा बाटो अवरोध भएको छ। 

कालीकोटको शुभकालिका गाउँपालिका १ मा पर्ने कर्णाली राजमार्गको गगने खोला र एस मोड नजिक आएको पहिरोका कारण असार २१ र २३ गतेबाट बाटो अवरोध बनेको छ। 

कालीकोट जिल्लाकै पचालझरना गाउँपालिका ८ लाफा र सान्नीत्रिवेणी गाउँपालिका १ रेन्गिलमा पर्ने कर्णाली करिडोरमा सडक माथिबाट आएको पहिरोका कारण सडक असार २३ गतेबाट बन्द रहेको र सडक खुलाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

यस्तै, भेरी करिडोर अन्तरगत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ छलगार्ड र रुकुमपश्चिमको आठबीस नगरपालिका ६ रिजिगार्ड खोलामा आएको बाढीका कारण सडक अवरोध भएको छ। प्रहरीका अनुसार असार १८ गतेबाट अवरुद्ध भएको भेरी करिडोर अझै खुलेको छैन्। 

यस्तै, हुम्ला जिल्लामा पर्ने कर्णाली करिडोर र सिमकोट हिल्सा सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ। कर्णाली प्रदेश प्रहरीले दिएको जानकारी अनुसार हुम्ला जिल्लाको सिमकोट हिल्सा सडकखण्ड अन्तरगत नाम्खा गाउँपालिका ५ नारालेखमा आएको पहिरोका कारण असार २३ गते बिहान ९ बजेदेखि सडक अवरोध भएको छ।

हुम्लामा पर्ने कर्णाली करिडोर अन्तरगत सर्केगार्ड गाउँपालिका १ को खच्चा, तुम्च, ४ नम्बर वडाको काला मुडा, खार्पुनाथ गाउँपालिका ५ को कुरिला र अदानचुली गाउँपालिका २ को कटकुवामा पहिरो जादा सडक अवरोध भएको छ।

यस्तै, मुगु जिल्लाको सोरु गाउँपालिका ८ आसिधारामा आएको पहिरोका कारण मुगु सोरुभित्री सडकखण्ड र दैलेख जिल्ला अन्तरगत कर्णाली राजमागको आठबीस नगरपालिका ४ भेलतडीमा पहिरोका कारण असार २३ गतेदेखि सडक अवरुद्ध भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .