एक सेवाग्राहीले हर्क साम्पाङ मेयर रहेको धरान उपमहानगरपालिकाको कार्यालयका कर्मचारीले घुस नखाई काम नगर्ने गरेको आरोप लगाएका छन्।
सेवाग्राही केशव घिमिरेले घुस नखुवाई उपमहानगरपालिकाका ४/५ वटा शाखाले कामै नगर्ने गरेको आरोप लगाएका हुन्। उक्त आरोप पुष्टि गरे तिनलाई आफूले कारबाही गर्ने आश्वासन मेयर साम्पाङले दिएका छन्।
‘केशव घिमिरेजीले नगरपालिकालाई लगाएको आरोप पुष्टि गर्नुहोला। घुस नखुवाई ४/५ वटा शाखाले कामै गर्दैन भन्ने आयो’, मेयर साम्पाङले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कुन कुन शाखा रै’छ र को कसले कति कति घुस मागेको रै’छ? सो पुष्टि गरिनुपर्दछ। कारबाही गर्ने जिम्मा मेरो।’
423
Shares
प्रतिक्रिया