ad ad

कोशी


कोसी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

कोसी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

नेपालखबर
असोज ६, २०८१ आइतबार १८:९, विराटनगर

कोसी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तापक्षको संयुक्त संसदीय दलको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो।  

नेपाली कांग्रेस र नेकपा एमालेको कोसी प्रदेश संसदीय दलको संयुक्त बैठकले गठन गरेको कार्यदलमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानासहित नेकपा एमालेको तर्फबाट कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक रहेका छन्।

यस्तै कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई र संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङ रहेका छन्।       

कार्यदललाई कोसी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न असोज २३ गतेसम्मको समय दिइएको नेकपा एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।    

बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापा, एमाले उपनेता तील कुमार मेयाङ्बो  लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .