श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एकजनालाई प्रहरीले बिहीबार झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ। यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय (दमक) ले जनाएको छ।
गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो। जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो।
पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए। रासस
354
Shares
प्रतिक्रिया