ad ad

कोशी


झापामा ट्रक र कार ठोक्किँदा एकै परिवारका बाउ-छोरीको मृत्यु, आमा-छोरा घाइते

झापामा ट्रक र कार ठोक्किँदा एकै परिवारका बाउ-छोरीको मृत्यु, आमा-छोरा घाइते

नेपालखबर
असार १२, २०८० मंगलबार १७:४७, झापा

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज (म‌ंगलबार) ट्रक र कार ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय (झापा) का अनुसार शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १–०१–००च ७४८२ नंको कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको उर्लाबारी–६ का ४५ वर्षीय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षीया कुमकुमको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा पाँचजना घाइते भएका छन्। घाइते हुनेमा मृतककी श्रीमती ४० वर्षीया सुजिता, छोरा १० वर्षीय विवेक, ३६ वर्षीया रञ्जुदेवी चौधरी, रतुवामाई १० का १९ वर्षीय रिकेश न्यौपाने र उर्लाबारी–७ की ४० वर्षीया मुना शाह छन्।

उनीहरुको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ। परिवार र आफन्तसहित उनीहरु विवाहमा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .