ad ad

कोशी


सम्पर्कमा आए सिक्किम बाढीपछि बेपत्ता ५ नेपाली, परिवारमा छायो खुसी

सम्पर्कमा आए सिक्किम बाढीपछि बेपत्ता ५ नेपाली, परिवारमा छायो खुसी

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८० आइतबार ८:१९, मङ्गलबारे (इलाम)

भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कविहीन भएका इलामका पाँच जना नेपाली परिवारको सम्पर्कमा आएका छन्। 

पछिल्लो समय उनीहरुले परिवारका सदस्यसँग फोन तथा सामाजिक सञ्जालमा कुरा भएको जनाइएको छ।

इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएसँगै परिवारमा समेत खुसीयाली छाएको छ।

परिवारसँग सम्पर्क गरेको जानकारी प्राप्त भएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए। 

उनले सम्पर्कविहीन भएका सबैजना स्वदेश फर्किंदै गरेको पनि परिवारका सदस्यबाट जानकारी प्राप्त भएको बताए।

बाढी आएपछि नेपाली बसोबास गर्ने स्थल तथा आसपासमा विद्युत्‌समेत कटौती भएको थियो। विद्युत् नहुँदा टेलिफोन तथा अन्य सञ्चारका साधनसमेत अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ। 

पाँच जना नेपालीहरु गएको यही असोज १६ गतेदेखि नै सम्पर्कविहीन भएका थिए।  

सोही दिन सिक्किमको उत्तरी भेगकोे हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षापछि गएको पहिरो र टिस्टा नदीमा बाढी आउँदा  धनजनको क्षति भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .