ad ad

कोशी


धरानमा दसैँ सुरक्षा : तालिम प्राप्त कुकुरसहित खटिए प्रहरी

धरानमा दसैँ सुरक्षा : तालिम प्राप्त कुकुरसहित खटिए प्रहरी

धरानमा तालिम प्राप्त कुकुरसहित बसको जाँच गर्दै प्रहरी।


नेपालखबर
असोज २०, २०८१ आइतबार १३:३२, धरान (सुनसरी)

चाडपर्वलाई लक्ष्य गरी धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ।

चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरी/डकैती हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शंकास्पद स्थानमा जाँच सुरु गरिएको हो। 

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुईवटा तालिमप्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शंकास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए। 

चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराध हुन नदिन इलाका प्रहरी कार्यलयमा प्रहरी परिचालन गरी तालिमप्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको उनले बताए। 

उपरीक्षक तिमल्सिनाले भने, ‘कुकुरको माध्ययमबाट सवारी जाँच गर्दा लागुऔषध कारोबार गर्ने व्यक्ति, लागुऔषध र शंकास्पद वस्तु बरामद गरिँदै आइएकाले धरान सीमा क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दै आइएको हो।’

सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, गाँजा, पटका, विष्फोटक पदार्थ, अन्य आपाराधिक गतिविधि नियन्त्रण गर्न कुकुरसहितको प्रहरी जाँच प्रभावकारी बन्दै गएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी उपरीक्षक तिमल्सिनाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .